समाचार

लिम्बु पत्रकार सङ्घ इलामकाे अधिवेशन सम्पन्न

नाै सदस्यीय समितिकाे अध्यक्षमा माेराेहाङ

२ सेप्टेम्बर, इलाम । लिम्बु पत्रकार सङ्घ इलामको चौथो जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

अधिवेशनले सुशील लिम्बु (मोरोहाङ)को अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरेको छ। नव निर्वाचित कार्य समितिको उपाध्यक्ष सृष्टि लिम्बु (कुरुम्बाङ), सचिव सरोज लिम्बु (जबेगु), सह–सचिव नवीन लिम्बु (फागो) र कोषाध्यक्ष ऐनकला लिम्बु (नेम्बाङ) चयन भएका निर्वाचन समितिका संयोजक राम योङहाङले बताए ।

त्यस्तै सदस्यहरुमा अनिता लिम्बु (जवेगू), संगीता लिम्बु (सम्बाहाम्फे), पूजा राई (लिम्बु) र अनुपहाङ लिम्बु रहेका छन्। अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिमा रेखा लिम्बु, भीमसेन लिम्बु र प्रकृति लिम्बु त्यस्तै संघीय महाधिवेशन प्रतिनिधिहरुमा सन्तोष लिम्बु (नेम्बाङ) र युवराज लिम्बु (योङहाङ)लाई चयन गरेको छ ।

अधिवेशन लिम्बु पत्रकार संघका संघीय महासचिव जीवन लिम्बुको प्रमुख आतिथ्यता तथा लिम्बु पत्रकार संघ इलामका निवर्तमान अध्यक्ष बुद्धमाया सोङ्मी लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Articles

Back to top button