समाचार
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाईयो, स्वतः आन्दोलन घोषणा
आजै माइतीघर मण्डलामा दिउसो १ बजे विरोध सभा

काठमाडौँ । २५ मार्च २०२५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त हुनुभएको छ ।
२४ मार्चको साँझ बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएको जानकारी प्राप्त भएको छ ।
घिसिङले नेपालमा कहालीलाग्दो लोडसेडिङलाई हटाएको भन्दै उहाँलाई पदबाट नहटाउन सरकारमाथि चौतर्फी दबाब दिइरहेको बेला सरकारले अन्ततः घिसिङलाई हटाएको हो सरकारको यो निर्णय विरुद्ध आजै माइतीघर मण्डलामा दिउसो १ बजे विरोध सभाको आयोजना गरेको छ ।