समाचार

मुक्कुमलुङ तेस्रो चरणको आन्दोलन घोषणा

चैत २५ गतेदेखि पूर्वी नेपालका १४ जिल्लाहरू अनिश्चितकालीन बन्द

– चरपे फुरुम्बो

१० फेब्रुवरी २०२५ का दिन मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संयुक्त संरक्षण अन्तरदलिय संघर्ष समितिले किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालममा पत्रकार सम्मेलन गरि तेस्रो चरणको मुक्कुमुलुङ आन्दोलन घोषणा गरेका छन ।

लामो समय देखि स्थानीय सरोकारवालाहरुले मुक्कुमलुङ आन्दोलन गर्दै आएका छन । तर राज्यले स्थानीयहरुको आवाजलाई सम्बोधन गर्नु पर्नेमा उल्टै दमन गर्ने धडपकड गर्ने गोली चलाउने, अश्रुग्य प्रहार गर्ने जस्ता अमानविय मानव अधिकार बिपरित सरकारले गरे पछि राज्यलाई दबाब दिन आमसभा, अनसन, र बन्दजस्ता कार्यक्रम समेटेर आगामी आन्दोलन अघि बढाइने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

चैत १५ देखि २२ गतेसम्म १४ जिल्लाहरूमा गाउँ जागरण अभियान सञ्चालन गरिनुका साथै घाइते तथा पक्राउ पूर्जी जारी भएकाहरूसँग भेटघाट कार्यक्रम गरिनेछ। यस अवधिमा ताप्लेजुङ केन्द्रित स्वयंसेवक टोली गठन गरिनेछ।

आन्दोलनका कार्यक्रम फागुन २८ गते काठमाडौंमा उपत्यका बुद्धिजीवी भेलासँगै सुरु हुनेछन्। विभिन्न चरणमा विभाजित आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २ गते राजनीतिक दल, प्रदेश तथा संघीय सांसदहरूलाई मुक्कुमलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र वितरण गरिनेछ भने चैत ३ गते व्यवस्थापिका, कार्यपालिका, र न्यायपालिकालाई आन्दोलनबारे जानकारी पत्र पठाइनेछ।

यो पनि पढ्नुहोस्
पाथीभरामा केबलकार विवाद : किन अवरोध गर्दैछन् स्थानीय ?

चैत ४ देखि १२ गतेसम्म संरक्षणकारी अगुवा कार्यकर्ताको भेला तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ। चैत ६ गते अन्तर-धार्मिक समन्वय भेला आयोजना गरिनेछ भने चैत ७ गते अन्तर्राष्ट्रिय निकायहरूमा आन्दोलनबारे जानकारी पत्र पठाइनेछ।

आन्दोलन अन्तर्गत चैत २ गते धरानमा मुक्कुमलुङ सम्मेलन आयोजना गरिनेछ भने चैत ३ गते ताप्लेजुङको फुङलिङमा रिले अनसन सुरू गरिनेछ।

चैत ३ गते नै जुम बैठकमार्फत पक्राउ परेका तथा वारेन्ट जारी भएकाहरूको नामावली सार्वजनिक गरिनुका साथै फागुन १० गतेको घटनाबारे अन्तर्राष्ट्रिय जानकारी दिने तथा घाइतेहरूको उपस्थितिमा पत्रकार सम्मेलन गरिनेछ।

चैत ४ गते सांकेतिक रूपमा एशियन हाईवे (कोशी प्रदेश) मा एकदिने बन्द गरिनेछ। चैत ६ गते काठमाडौं सिंहदरबार घेराउ गरिनेछ भने चैत ८ गते मुक्कुमलुङ आन्दोलनका घटनाहरूको फोटो प्रदर्शनी गरिनेछ।

चैत ९, १०, र ११ गते लाहान, जनकपुर, र लालबन्दीमा जनप्रदर्शन तथा आमसभा गरिनेछ। चैत १० गते कवि तथा साहित्यकार भेटघाट कार्यक्रम गरिनेछ।

चैत २४ गते पूर्वी नेपालका १४ जिल्लाहरूमा जनप्रदर्शन तथा आमसभा गरिनेछ। चैत २५ गतेदेखि पूर्वी नेपालका १४ जिल्लाहरूमा अनिश्चितकालीन यातायात बन्द गरिनेछ, तर परिस्थितिअनुसार समय अगाडि सार्न सकिने आन्दोलनरत पक्षले जनाएको छ।

आन्दोलनरत पक्षले यी कार्यक्रममार्फत मुक्कुमलुङ संरक्षणको मुद्दालाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related Articles

Back to top button