स्थानीय

धनकुटाको छथर जोरपाटीमा फलैंचाबाट लडेर एक जनाको मृत्यु

धनकुटा,चैत १ । धनकुटामा छिमेकीको घर छेउको फलैंचाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको छथर जोरपाटी गाउंपालिका ४ तेलियाका ५६ बर्षिय लक्ष्मण लिम्बु रहेका छन् ।

आज दिउंसो करिब १२ बजे सोही स्थानका छिमेकी भिम कुमारी लिम्बुको घर अगाडि रहेको फलैंचामा बसिरहेको अवस्थामा अचानक लडेर अन्दाजी २० फिट तल खस्दा उहांको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कानुनी प्रक्रिया पुरा गरि मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button