पहाडको कन्दरामा रहेको मुसलमान गाउँ, हेर्नुस् “हेर्ने कथा”को यो चुडेली गाउँको कथा (भिडियो)

काठमाडौ । अछाम सदरमुकाम मंगलसेनबाट साँफेबगर झर्दै गर्दा हामीले बन्दै गरेको मध्यपहाडी लोकमार्ग रोज्यौं । चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौं । यो बस्तिलाई मियाँ टोल भन्दा रहेछन् । पहिले पहिले चुरा बनाउने र बेच्ने पेशा भएकाले गाउँको नाउँ चाहिँ चुडेली । घुम्टो ओडेका महिलाहरु थिएनन् । तर पहाडको दुःखको उही दैनिकी ।

चुडेली गाउँ पुगेपछि मस्जिदबाट आइरहेको प्रार्थनाको आवाजले हामी रोकियौँ। पहाडको कन्दरामा मुसलमानहरूको गाउँ देख्दा हामीलाई रमाइलो लाग्यो।

पहिले पहिले चुरा बनाउने र बेच्ने पेसा भएकाले गाउँको नाम रह्यो चुडेली। हामीले तराईमा भेट्ने मुसलमान महिला जस्तो यहाँका महिला घुम्टोभित्र थिएनन्। तर पहाडको दुखको दैनिकी भने यहाँ थियो। हेर्नुस् पहाडको कन्दरामा मुसलमानहरु गाउँको कथा “हेर्ने कथा” एपिसोड २१