बिरालोको ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास, बिरालोसँग सन्चार गर्न सहज हुनेछ

एजेन्सी/बिरालोको आवाज ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास भएको छ। अमेजन एलेक्सा कम्पनीका इन्जिनियरले ‘म्याउँटक’ एपको विकास गरेका हुन्।

म्याउँटकले बिरालोको आवाजलाई रेकर्ड गरेर बिरालोले के भन्न खोजेको त्यसलाई पत्ता लगाउन मद्दत गर्ने बताइएको छ।

हालसम्म १३ वटा वाक्याँश मात्र यस एपमा समावेश छ। जहाँ बिरालोका भावः भोग लाग्यो, म रिसाए, मलाई एक्लै छाडिदेउजस्ता वाक्याँश समेटिएका छन्।

एपमा पहिल्यै राखिएका डेटाको माध्यमबाट एपले बिरालोले के भन्न खोजेको पत्ता लगाउँछ। यस एप थप विकास र परिस्कृत हुँदै जाने बताइएको छ।

हाल यो एप गुगल प्ले स्टोर र आइफोनको एप स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने जनाइएको छ।