सेसेहाङको राष्ट्रिय टोलीबाट डेब्यु

काठमाडौं – मिडफिल्डर सेसेहाङ आङदेम्बेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध सिरिजको दोस्रो खेलको ७२ औं मिनेटमा दर्शन गुरुङको स्थानमा उनले मैदान प्रवेश गरेका हुन् ।

ए डिभिजन लिगमा आर्मीको मिडफिल्ड सम्हालेका सेसेहाङल सेन्टर मिडफिल्डमा खेल्ने गर्छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा टोलीमा रहेका उनले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका छन् । एन्फा एकेडेमीका उत्पादन उनले नियमित आर्मीमा सिनियर फुटबल खेल्दै आएका छन् ।

सेसेहाङले उमेर समूहमा नेपालको सबै टोलीबाट खेलेका छन् । उनी साफ यू-१८ च्याम्पियनसिप विजेता टोलीका समेत सदस्य थिए । पछिल्लो केहि वर्षयता उनी आर्मीको मिडफिल्डमा पहिलो रोजाइका खेलाडी बनेका छन् ।-हाम्रो खेलकुद