फोनिज युकेको तेस्रो अधिवेशनः अध्यक्षमा पुनः लाबुङ राई निर्वाचित

लण्डन । २४ अक्टोबर २०२० का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको तेस्रो अधिवशेनले श्रीमति प्रमिला राईलाई पुनः निर्वाचित गरेको छ ।

भर्चुवल माध्ययबाट सम्पन्न अधिवेशनले दोस्रो कार्यकालको निम्ति श्रीमति राईकै अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा श्रीमति गोमा राना, महासचिव कमान सिंह कर्मा पहाडी शेर्पा, सचिव भीमल राई, कोषाध्यक्ष शुसिला गुरुङ, र सदस्यहरुमा क्रमश जानु काम्बाङ, विश्वजित थापामगर, सविन्द्रकुमार गुरुङ, डा. महा राई र विशनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

अधिवेशनको प्रमुख अतिथि नेपालबाट नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपालको केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, विशेष अतिथिमा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंगबहादुर सुनुवार रहेका थिए भने कार्यक्रममा मगर संघ युकेका अध्यक्ष सुनिल राना, तमुधिँ युकेका अध्यक्ष नन्दजंग गुरुङ, किरात याक्थुङ चुम्लुङका तर्फबाट उपाध्यक्ष बिमला सेने, नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, लिम्बु पत्रकार मन्च युकेका अध्यक्ष अमित थेबे, आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष शान्ताकला राई, फोनिज युकेका सल्लाहकारहरु दुतबहादुर पुन, एकेन्द्र गुरुङ, विजय हितान, मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा, फोनिज युकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङ र निवर्तमान अध्यक्ष विश्वास दीप तिगेला, तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, ग्रेटर रसमुर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष ओमप्रसाद थापा लगायतले अधिवेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तब्य दिनुभएको थियो भने फोनिज युकेको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याएकोमा सल्लाहकार मेजर रिटायर्ड सोनामछिरिङ शेर्पालाई सम्मान गरेको थियो । फोनिज युके सन २०१३ मा स्थापना भएको हो भने यसले ५ लाख भन्दा बढिको पुरस्कार कोष राखेर प्रत्येक बर्ष एक जनालाई सम्मान र एक जनालाई पुरस्कृत गर्दै आएको छ । यस पटक निर्वाचित महासचिव शेर्पा यस अघि जनजाति महासंघ युकेका पूर्व महासचिव हुन ।