याहूको इमेलग्रुप बन्द हुने तर इमेल लगायतका सबै सेवा निरन्तर हुन्छ

याहू । २१ नोभेम्बर २०२० । इन्टरनेट क्षेत्रको एक अगुवा कम्पनी याहूले आफूले उपलब्ध गराउदै आएको ग्रुप सेवा आउदो १५ डिसेम्बरबाट बन्द गर्ने जनाएको छ ।

इमेलग्रुप भन्नाले धेरैजनाको इमेल एकै ठाँउमा राखेर कुनैपनि कुरा पोष्ट गर्ने सुविधा हो । याहूले उक्त ग्रुप सेवा मात्र बन्द गर्ने जनाएको छ तर इमेल लगायत अन्य सेवाहरु यथावत रहने जनाएको छ ।

कुनैवेला याहू च्याट अत्यन्तै लोकप्रिय थियो र त्यहि च्याटबाट फेसबुक विकास भएको अनुमान गर्न सकिन्छ भने अहिले पनि गुगलले इमेलग्रुप सेवा दिईरहेको छ तर गुगलले शुरु गर्नुभन्दा अगाडि याहूको इमेल ग्रुप शुरु भएको मानिन्छ ।

याहूलाई जेरी योङ र डेभिड फिलोले सन १९९४ मा शुरु गरेका थिए ।

विश्वास