मष्ट धर्मालम्बिहरुको राष्ट्रिय भेला डाकियो

काठमाडौं । खस जातिका मानिसहरूले मान्ने मष्ट धर्म अवलम्बिहरूको राष्ट्रिय भेला यही आउँदो २ कार्तिक २०२० गते बोलाइएको छ | खस आन्दोलनका अग्रज तथा खस-छेत्री एकता समाजका सस्थापक अध्यक्ष युवराज कार्कीद्वारा बोलाइएको उक्त राष्ट्रिय भेला (virtual) जूमको माध्यमबाट सम्पन्न हुने भएकोछ |

आगामी २०७८ सालमा हुनगइरहेको राष्ट्रिय जनगणनामा मष्ट धर्म लेखाउने अभियानलाई तीव्रता दिनका लागि यो भेला बोलाइएको आयोजकले जनाएको छ |

खस जाति भित्र पर्ने छेत्री, ठकुरी केही खस ब्राह्मण, दमाइ, कामी, सार्की आदिले मष्ट धर्म मान्दै आएका छन् | नेपालको सबैभन्दा ठूलो जनसंख्या भएको जाति खस हो | खस जाती भित्र छेत्री, कामी, दमाइ, सार्की, ठकुरी आदी पर्दछन |

नेपालमा क्षेत्रीहरु १६.६४ प्रतिशत अर्थात ४३ लाख ९८ हजार ५३ संख्यामा छन् । कामी जातिको संख्या नेपालमा ४.७५ प्रतिशत छ । दमाईको संख्या १.७८ प्रतिशत छ । ठकुरी १.६१ प्रतिशतमा रहेका छन भने सार्कीहरु १.४१ प्रतिशत छन् । यी सबैको संख्या २६.१९ प्रतिशत रहेको छ |

खसहरूको आफ्नो मौलिक धर्म मष्ट धर्म हो | मष्ट भनेको निराकार देव शक्ति हो | जसलाई खसहरुले स्वामीका रुपमा पूजा गर्छन् | मष्टको मन्दिरलाई माडौँ भनिन्छ | मष्टको पुजा गर्ने ठाउँलाई थान भनिन्छ | मष्ट मानवशरीरमा प्रकट हुने देव शक्ति हो अर्थात धामीमा प्रकट हुन्छन | यस्ता धामीलाई मष्टको धामी भनिन्छ | मष्ट धर्ममा ईश्वरको परिकल्पना हुँदैन | मष्ट धर्म सनातन देखि चलिआएको धर्म हो तर वैदिक धर्मभन्दा फरक भएकोले यसलाई अवैदिक धर्म भनिन्छ | अवैदिक धर्म भएकोले मष्ट धर्ममा वर्ण व्यवस्था मान्य हुँदैन | त्यसैले मष्ट धर्म छुवाछुत रहित धर्म हो | खस जातिमा हिन्दु धर्मको प्रभाव परेपछि मष्ट धर्म ओझेलमा पर्दै आएको छ |