दुवै मृगौला फेल भएर थलिएकी धनकुटाकी गोमादेवि श्रेष्ठलाई धनकुटाका व्यवसायीहरुले गरे आर्थिक सहयोग

धनकुटा । दुवै मृगौला फेल भएर थलिएकी धनकुटाकी गोमादेवि श्रेष्ठलाई धनकुटाका व्यवसायीहरुले आर्थिक सहयोग गरेका छन् ।

 

धनकुटा नगरपालिका ७ की ४२ वर्षकी श्रेष्ठको उपचारका लागि धनकुटा बजार क्षेत्रका केही व्यवसायीहरुले ७२ हजार रुपैयाँ रकम संकलन गरि सहयोग स्वरुप प्रदान गरेका हुन् ।

सामान्य परिवारकी श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिले सम्म परिवारले उपचार गरिरहेको भएपनि हाल आर्थिक अभाव भएकाले सहयोग गरिएको हो । धनकुटा बजारका व्यवसायी जयन्द्र प्रधानको अगुवाईमा संकलित रकम आज प्रधानले नै हस्तान्तरण गर्नुभएको थियो । उहाँको करिब ६ महिना अघि दुवै मृगौला फेल भएका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर श्रेष्ठ, व्यवसायी देवेन्द्र श्रेष्ठ लगायतको उपस्थिती थियो ।