चुम्लुङ वर्कशायर (रेडिङ) शाखाको अध्यक्षसहित सबै निर्विरोध निर्वाचित

यूके, ८ अक्टोवर २०२० । किरात याक्थुङ चुम्लुङ यूके, वर्कशायर (रेडिङ) शाखाको अध्यक्षमा चुडाकर्ण थाम्सुहाङसहित सबै पदहरु निर्विरोध निर्वाचित भएका छन ।

संस्थाको उपाध्यक्षमा चन्द्र तुम्बाहाम्फे र कल्पना मेयाङवो चेम्जङ, सचिव तारादेवी फोम्वो, सचिव, सह सचिव आनन्द वखिम, कोषाध्यक्ष सुरेन्द्रकुमार चङवाङ सह कोषाध्यक्ष प्रिति लिङदेन तथा ८ जना सदस्यहरुमा क्रमश हेमराज नाल्वो, सरस्वती नेयोङ यक्सो, लता योङ्हाङ, दुर्गाप्रशाद सम्बाहाम्फे, सुसा इवाहाङ, टीकाराज फेम्सुहाङ, लेखनाथ खेवा मादेन र विष्णु नेयङ सवै निर्विरोध निर्वाचित भए । केवाइसी यूके केन्द्रीय कार्यसमितिमा शाखाबाट अरुणकुमार जबेगू निर्वाचित भएका छन ।

कोभिड १९ महामारीका कारण तेस्रो शाखा अधिवेशन हुन बाँकी रहेका शाखाहरुले सर्वसम्वतिले निर्णयगरी पठाएमा सोही बामोजिम स्विकार गरिने किरात याक्थुङ चुम्लुङ यूके केन्द्रले जारी गरेको परिपत्रअनुसार १५ सदस्यीय केवाईसी यूके, वर्कशायर शाखा (रेडिङ) को पदाधिकारी, सदस्य र केन्द्रीय सदस्य सबै सदस्यहरु निर्विरोध निर्वाचित भएको हो ।

रेडिङवासी लिम्बूहरुको प्रतिनिधिमूलक संस्था, केवाईसी यूके, वर्कशायर (रेडिङ) शाखाको स्थपना सन् २०१३ मा स्थपना भएको हो । संस्थापक अध्यक्ष रामप्रसाद लिङदेन र दोस्रो शाखा महाधिवेशनमापनि चुडाकर्ण थाम्सुहाङनै अध्यक्षमा निर्वाचित भएका थिए ।

– कृष्ण हेम्ब्याको वालबाट