साहित्य महासंघ युके साउथ अध्यक्षमा विजय हितान निर्वाचित

गत ३ अक्टोबर २०२० का विश्व नेपाली साहित्य महासङ्घ युके साउथको दोस्रो अधिवेशनबाट अध्यक्षमा साहित्यकार विजय हितान चयन भएका छन ।

भर्चुवल रुपमा सम्पन्न अधिवेशनमा अघिल्लो समितिको औपचारिक विघटनको घोषणा लगतै नयाँ समितिको चयन प्रकृया अधि बढेको थियो ।

छलफल पछिको नवनिर्वाचित समितिमा संरक्षक साहित्यकार घन बहादुर थापा, उपाध्यक्ष थीर थापा, सचिव अमित थेवे, सहसचिव लाहाङ चेम्जोङ, कोषाध्यक्ष सेमन्त राई, सहकोषाध्यक्ष सध्या गुरुङ, मिडिया सचिवमा विश्वजित थापा, सदस्यहरुमा क्रमशः टिमाया राई, संजीव पार्दशी र सुस्मा रुपाबुङ, किरण चाम्लिङ, र सल्लाहकारमा गणेश पुन, औतारी साईला, सुरेन्द्र इङनाम र विश्वास दीप तिगेला रहेका छन ।

महासङघ केन्द्रका पूर्व अध्यक्ष समेत रहेका तिगेलाले अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन सहित नयाँ कार्यसमितिलाई बधाई तथा कार्यसफलताको शुभ कामना ब्यक्त गरे । कार्यक्रमलाई निवर्तमान महासचिव थीर थापाले संचालन गरेका थिए ।