चुम्लुङ रसमोरको अध्यक्षमा भगिश्वर चयन

गत २० सेप्टेम्बर २०२० का दिन किरात याक्थुङ चुम्लुङ रसमोर शाखाको पाचौ अधिवेशनले भगिश्वर चोङवाङ चयन भएका छन ।

नयाँ समितिको उपाध्यक्षमा शमशेर वनेम, रोमियन वनेम, मोती मेन्याङबो, सचिवमा कृष्ण योङयाङ, कोषाध्यक्षमा थानकुमार नाल्बो, सांस्कृतिक विभाग प्रमुखमा चन्द्र लुम्फुङवा, भुवन लिम्बु र सदस्यहरु क्रमशः गौरीमाया इवा, समि लिम्बु, सन्त माङदेन र केन्दीय सदस्यमा जित प्रकाश मेन्याङ्बो चयन भएका छन । अध्यक्ष मण्डलका सदस्यद्धय छवि सेलिङ र शान्ति खिम्दिङले नयाँ नेतृत्व घोषणा गरेका थिए ।

चुम्लुङ केन्द्रका अध्यक्ष तिल विक्रम सम्बाहाम्फेको प्रमुख आतिथ्यमा रहेको अधिवेशनको अध्यक्षता जित बहादुर मेन्याङ्बोले गरेका थिए भने सचिव भगिश्वर चोङबाङले संचालन गरेका थिए ।