चुम्लुङ वेष्ट केन्ट शाखाको अध्यक्षको जिम्मेवारी बीरनरसिं चोङबाङलाई

गत १२ सेप्टेम्बर २०२० का दिन किरात याक्थुङ चुम्लुङ वेष्ट केन्ट शाखाको अधिवेशनले अध्यक्षमा वीरनरसिंह हुक्पा चोङवाङ निर्वाचित बनेका छन ।

शाखाको नवौ अधिवेशनले उपाध्यक्षमा शेरसिंह हुक्पा चोङवाङ र मेनुका ओन्छङबो राई, सचिव सविता तुम्बाहाम्फे, सहसचिव सिर्जना निङलेखु, कोषाध्यक्ष कुशल इमेहाँङ, सहकोषाध्यक्ष दतहाँङ वनेम र सदस्यहरु क्रमशः सुनिता माबो, विरध्यवज तेम्बे, शिवराज ओन्छङबो, हितराज ओन्छङबो, गुणराज हेल्लोक र विष्णु संयोग चयन भएका छन् ।

निर्वाचन मण्डलका सदस्य बसन्त मादेन, रत्न लाबुङ र उत्तर पतङवाले नयाँ समितिको घोषणा गरेका थिए । नवंनिर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि चुम्लुङ केन्द्रीय उपाध्यक्ष नरबीर आङबोले सफथ खुवाएका थिए ।

पहिलो चरणको कार्यक्रममा कोषाध्यक्ष कृष्णपाल याक्सोले आर्थिक प्रतिवेदन र सचिव इन्द्र थक्लुङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चुम्लुङदेनमा आयोजित अधिवेशनको शाखा अध्यक्ष कर्ण प्राङदेनको अध्यक्ष्तामा भएको थियो भने सचिव इन्द्र थक्लुङले संचालन गरेका थिए ।