खस क्षेत्रीले आउदो जनगणनामा मष्टो धर्म लेख्ने

४ अक्टोबर २०२० का दिन एक भर्चुवल कार्यक्रममा आउदो बर्षको राष्ट्रिय जनगणनामा खस क्षेत्रीहरुले मष्टो धर्म लेख्ने कुरा खस क्षेत्री एकता समाज नेपालका संस्थापक युवराज कार्कीले बताए ।

खस अन्तर्राष्ट्रिय समन्वय समाज र खस समाज युकेको आयोजनामा भएको भर्चुवल दोस्रो श्रृंखलाको कार्यक्रममा सहभागीको प्रश्नको उत्तरमा उक्त कुरा बताएका हुन । विश्वभरबाट जोडिएका खसहरुको बहस श्रृंखलामा संस्थापक कार्कीले जनगणनाको फारामको महलमा मष्टो धर्म उल्लेख नभए पनि आफ्नो पहिचानको निम्ति यस पटक खस आदिवासीहरुले धर्मको महलमा मष्टो लेख्ने बताउनु भयो । उक्त दोस्रो श्रृंखलाको मुख्य श्रोत ब्यक्ति उपकुलपति डा. जगमान गुरुङले खस संस्कार र संस्कृतिको बारेमा प्रष्ट बनाएका थिए ।

भर्चुवल कार्यक्रमलाई समन्वय समाजका संयोजक टेक बहादुर थापाले संचालन गरेका थिए भने इन्द्र कार्कीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

स्मरण रहोस, खस क्षेत्री र आर्यबाट जात झरेर बनेका क्षेत्री रहेका छन । खस क्षेत्रीहरु जडान र खसान क्षेत्रमा बसोवास गर्ने आदिवासी हुन । क्षेत्रीको कुल जनसंख्या प्रतिशत १८ प्रतिशत भएपनि कति चाहि खस क्षेत्री हुन र कति चाहि जात झरेर बनेका क्षेत्री छन यकिन तथ्याङ छैन ।