भोजपुरमा समाजवादी विद्यार्थी युनियन पुनर्गठन सम्पन्न, अध्यक्षमा सुजन भण्डारी

भोजपुर । भोजपुरमा जनता समाजवादी पार्टी नेपालको भातृ सङ्गठन समाजवादी विद्यार्थी युनियन र नयाँ शाक्ति विद्यार्थी युनियन बिच समायोजन सम्पन्न भएको छ ।

मंगलबार जिल्लाको सदरमुकाममा आयोजित भेलाबाट समायोजन कार्य सम्पन्न भएको समाजवादी विद्यार्थी युनियनका केन्द्रिय नेता झिल खिम्बुलेले वताएका छन् ।

समायोजन पश्चात अध्यक्षमा सुजन भण्डारी निर्वाचित भएका छन्, भने उपाध्यक्षहरुमा पनन राई, शिखर राई, सुर्यमान तामाङ, सोभित राई त्यस्तै सचिवमा कुशल कार्की, धिरेन खिम्बुले राई कोषाध्यक्षमा इश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।

पार्टीको केन्द्रीय सदस्य इन्द्रहाङ राईको प्रमुख आतिथ्यमा आयोजित भेलाले ५३ सदस्य कमिटि तयार गरेका छन् ।

पार्टी एकता भए पनि भातृ सङ्गठनहरुको
एकता बाकि भएकोले आज जिल्लामा टुङ्गिएको पार्टिका जिल्ला अध्यक्ष आस कुमार राइले वताएको छ ।

समाजवादि युवा संघ को अध्यक्षमा सन्जय राई, त्यस्तै समाजवादि युवा संघ र नया शक्ति युवा संघ पनि एकता भएको छ । एकता पछि अध्यक्षमा सन्जय राई उपाध्यक्ष जिवन राई चित्र कुमार राई नारायण खत्री र सन्तोष राई रहेका छन त्यस्तै सचिवमा हरि खत्री सह सचिवमा दिपेश दर्जि रहेका छन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष आसकुमार राई, उपाध्यक्ष प्रसन्न राई, रमेश निरौला सचिव नरराज काङ्माङ उपस्थित थिए ।-शताब्दी न्यूज