नोवेल अस्पतालमा कार्यरत धनकुटाका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

आश्विन १३,धनकुटा ।धनकुटाको साँगुरिगढी गाउँपालिका ६ भेडेटार स्थायी घर भई विगत ६ महिना देखि नोवेल अस्पताल विराटनगरमा कार्यरत एक स्वास्थ्य कर्मीमा कोरोना पुष्टि भएको छ ।

सोमवार सामाजिक विकास मन्त्रालयले धनकुटाको एक महिलामा कोरोना पोजेटिभ देखिएको जनाएपछि आज वुझ्दा साँगुरिगढी गाउँपालिका ६ भेडेटार स्थाई घर भई विगत ६ महिना देखि नोवेल अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

ती स्वास्थ्य कर्मी विगत २ महिना देखि धनकुटामा नभएको जानकारी प्राप्त भएको पनि उहाँले वताउनुभयो ।