संविधान खारेज गरि नयाँ लेखन वा पूर्नलेखन गर्न आवश्यक: अधिवक्ता लिम्बु

१९ सेप्टेम्बर २०२० का दिन नेपालको संविधान खारेज गरि नयाँ लेखन वा पूर्नलेखन गर्न आवश्यक रहेको कुरा बक्ताहरुले बताए ।

जनता समाजवादी पार्टी, नेपाल लिम्बुवान राष्ट्रिय समितिको भर्चुवल साइबर अन्तरक्रियामा सहभागी अधिबक्ता शंकर लिम्बुले उक्त कुरा बताएका हुन । जसपा केन्द्रीय कार्यकारिणी सदस्य शुशिला श्रेष्ठ, माननीय आर. सी. तुम्बा, अधिवक्ता याम लावती, अधिवक्ता कृष्णराज आङदेम्बेले पनि संविधान भित्रका गल्तिहरुको बारेमा चर्चा गर्दै संविधान शंशोधन होइन नयाँ लेखन गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले गरेका थिए भने लिम्बुवान समितिका मुख्य–सचिव केदार धिमालले संचालन गरेका थिए । भर्चुवल कार्यक्रमलाई नेपाली समाचारको फेसबुक पेज लगायत पेजबाट प्रत्येक्ष प्रसारण भएको थियो । संविधानको बारेमा महत्वपूर्ण कुराहरु भएको भिडियो तल हेर्नुहोस ।