जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

सुर्खेत, २५ भदौ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पंचपुरी नगरपालिका-४ बस्ने १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय ३ जना किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पंचपुरी नगरपालिका-९ बिध्यापुरस्थित बिध्यापुर स्वस्तिक कटेज नजिकको खोल्सामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौर र प्रहरी चौकी बिध्यापुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।