धनकुटामा आजसम्म १ हजार ९१९ जनाको पिसिआर विधिबाट कोरोना जाँच, ४० जना पोजेटिभ

धनकुटा  । कोरोना जाचका लागि पछिल्लो पटक धनकुटाबाट पिसिआर नमूना संकलन गरि पठाईएकाहरु मध्ये १६ जनाको रिपोर्ट प्राप्त भएको छ ।

धनकुटा नगरपालिकाका ८ र चौविसे गाउँपालिकाका ८ जना गरि जम्मा १६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अव चौविसे गाउँपालिकाका ३ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

त्यस्तैगरि कोरोना पोजेटिभ पुष्टि भई धनकुटा अस्पतालको आईसोलशनमा उपचाररत १९ जनाको अस्ति दोश्रो पटक नमूना संकलन गरि पठाईएकोमा १४ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले वतउनुभयो । अन्य ५ जनाको आउन बाँकी छ ।

यो सँगै अहिले सम्म जिल्लाका १ हजार ९ सय १९ जनाको पिसिआर विधि बाट कोरोना जाच गरिएको छ । ती मध्ये १ हजार ८ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४० जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

यसअघि पोजिटिभ रिपोर्ट आएका मध्ये पनि २० जना निको भईसकेको छन् । भने आईसोलेशनमा उपचाररत आज नेगेटिभ नतिजा आएका १४ जनालाई आजै डिस्चार्ज गरिने स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।