२६ दिनपछि धनकुटामा निषेधाज्ञा हट्यो

धनकुटा  । जिल्ला प्रसाशन कार्यालय धनकुटाले हिजो रातीबाट लागु हुनेगरि निषेधित क्षेत्रलाई हटाएको छ ।

हिजो बसेको डिसिसिएमसीको बैठकले हिजो राती १२ बाट पूर्ण रुपमा लागु हुने गरी निषेधाज्ञा हटाइएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिनु भयो ।

निशेधाज्ञा हटाए संगै आजबाट राजमार्गमा ढुवानी साधानहरु संचालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्ने साथै जिल्ला भित्र सवारी संचालन गर्दा स्वास्थ्य मापदण्ड र सामाजिक दूरी गरी कुल सिट संख्याको ५० प्रतिशत मात्र यात्रु राखि संचालन गर्नु पाइनेछ। त्यसैगरि जिल्ला सवारी नाकामा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका यात्रुबाहक सवारी साधनको प्रबेशलाई पूर्णरुपमा निशेध गरिएको छ ।

स्वास्थ्य,इन्धन,दैनिक उपभोग्य खाद्यपदार्थ,कृषिजन्य र पशुजन्य तथा मिर्माण सामग्री र औद्योगिक कच्चा पदार्थको ढुवानीको लागि कुनै रोक लगाइएको छैन ।

होटल तथा रेष्टोेरेन्टहरुको हकमा टेकअवे सेवा सन्चालन गर्ने,औषधी तथाअन्य पसलहरुले स्वास्थ्य मापदण्ड,सामाजिक दूरी,मास्क,सेनिटाइडर र साबुन पानीले हात धुने अनिवार्य मिलाई संचालन गर्ने तथा अन्तर जिल्ला संचालन हुने निजी तथा यात्रुबाहक सवारी साधनहरु संचालन नगर्ने तथा कुनै पनि बैठक,सेमिनार,सामुहिक भेला जस्ता जमघट हुने कार्यहरु भने अझै रोक लगाइएको छ ।