शेर्पा संघ युकेका अध्यक्ष शेर्पाको अत्येष्ठि (भिडियो)

७ सेप्टेम्बर २०२० का दिन शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पाको अत्येष्ठि गरिएको छ ।

शेर्पा बसोबास गर्ने आसफोर्डको चेरिङ क्युमेटेरियममा उनलाई ठूलो सम्मानको साथ बुद्धिष्ट विधिमा अत्येष्ठि गरिएको हो ।

उनको गत २४ अगष्टका दिन निधन भएको थियो । कोरोना सक्रमणको कारण विरामी परि युकेको आसफोर्ड स्थित विर्लियम हार्भिमा भर्ना भएका शेर्पालाई युकेकै सुविधा सम्पन्न अस्पताल लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो र उनको उपचार गर्दागर्दै निधन भएको हो । निधन ताका उनमा कोरोना हटिसकेको पनि जनाईएको छ । शेर्पाको शवलाई सम्मानका साथ उनको घरदेखि शवदाह गृह सम्म दुई सेतो घोडामा चढाएर शवयात्रा गरिएको थियो । अध्यक्ष शेर्पालाई बृट्रिस सेनाले सम्मान दिने पनि प्र्रस्ताव गरेको तर शेर्पा परिवारले नगर्ने बताए पनि केही सेनाका अफिसरहरु सैनिक पोषाकमा शवयात्रामा सहभागी भएका थिए ।

५१ बर्षिय शेर्पा भोजपुरको षडानन्द नगर पालिकाको किमालुङमा जन्मेर लामो समय बृट्रिस सेनामा सेवा गरेका थिए । र, आर्मि रिजर्भमा आबद्ध थिए । उनका ३ छोरा र श्रीमति सहित केन्टको आसफोर्डमा बसोबास गर्दै आएका थिए ।