पहिरोमा पुरिएर दुई जनाको मृत्यु

ताप्लेजुङ, २२ भदौ । सिरिजंघा गाउँपालिका-४ नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवनदेखि करिब १ सयमिटर माथिबाट पहिरो जाँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा उक्त पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बु र ५५ वर्षीय विष्णुदास थेवेल रहेका छन् । घटनास्थलबाट करिब २ सय मिटर टाढा कावेली खोलाको किनारमा उनीहरुको शव फेला परेको हो ।

तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

फोटोः फाइल तस्वीर