धनकुटा जिल्लामा भोलिबाट निषेधाज्ञा खुकुलो

धनकुटा  । जिल्ला प्रसाशन कार्यालय धनकुटाले जिल्लालाई भदौ २२ गते राती १२ बजे सम्म घोषणा गरेको निषेधित क्षेत्रलाई भोलिबाट केही खुकुलो पारेको छ ।

कोरोना संक्रमणको जोखिमलाई कम गर्न भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो पारेको हो ।

धनकुटा जिल्ला भरी लागु गरिएको निषेधाज्ञा आज राती १२ बजे देखि सकिंदैछ ।जिल्लाभरि भोलिबाट यी कार्यहरु गर्न छुट दिइएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

भोलिबाट घरबाट निस्केर आवतजावत गर्दा अनिवार्य रुपमा मास्क,सेनिटाइजरको प्रयोग गर्नु पर्ने साथै सरकारी तथा सार्वजनिक संस्था,बैंक तथा बित्तिय संस्थाका कर्मचरीहरुले स्वास्थ्य मापदण्ड पुरा गरि तथा सामाजिक दुरी कायम राख्दै सेवा प्रवाह संचालन गर्न पाउनेछन् ।

त्यसैगरि सवारी साधानहरुको हकमा राजमार्गमा ढुवानी साधानहरु संचालन गर्दा अनिवारेय स्वास्थ्य मापदण्डको पालना गर्ने साथै जिल्ला भित्र सवारी संचालन गर्दा स्वास्थ्य मापदण्ड र सामाजिक दूरी गरी कुल सिट संख्याको ५० प्रतिशत मात्र यात्रु राखि संचालन गर्नु पर्ने । त्यसैगरि जिल्ला सवारी नाकामा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका यात्रुबाहक सवारी साधनको प्रबेशलाई पूर्णरुपमा निशेध गरिएको छ ।

स्वास्थ्य,इन्धन,दैनिक उपभोग्य खाद्यपदार्थ,कृषिजन्य र पशुजन्य तथा मिर्माण सामग्री र औद्योगिक कच्चा पदार्थको ढुवानीको लागि कुनै रोक लगाइएको छैन ।

होटल तथा रेष्टोेरेन्टहरुको हकमा टेकअवे सेवा सन्चालन गर्ने,औषधी तथाअन्य पसलहरुले स्वास्थ्य मापदण्ड,सामाजिक दूरी,मास्क,सेनिटाइडर र साबुन पानीले हात धुने अनिवार्य मिलाई संचालन गर्ने तथा अन्तर जिल्ला संचालन हुने निजी तथा यात्रुबाहक सवारी साधनहरु संचालन नगर्ने ।

कुनै पनि बैठक,सेमिनार,सामुहिक भेला जस्ता जमघट हुने कार्यहरु भने अझै रोक लगाइएको छ ।