जसपा पार्टी नेता प्रधान होइन, नीति प्रधान बन्नुपर्छ, केन्द्रीय समिति ७०१ बन्दैः जसपा नेता श्रेष्ठ (भिडियो)

गत ३१ अगष्ट २०२० का दिन एक कार्यक्रममा नेता राजेन्द्र प्रसाद श्रेष्ठले जनता समाजवादी पार्टी नेपाल नेता प्रधान होइन नीति प्रधान बन्ने बताए ।

जसपा प्रवास विशेष प्रदेश समितिको एक भर्चुयल प्रशिक्षण कार्यक्रममा नेता श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । तत्कालिन समाजवादी पार्टीका सहअध्यक्ष तथा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी समायोजनको निमित्त घोषणापत्र लगायत पार्टीका दस्तावेजहरु मस्यौदा गर्न नेता श्रेष्ठले महत्वपूर्ण योगदान गरेका थिए । उनले समायोजनबाट पार्टीको बनावट कस्तो हुने र किन हुने भन्ने बारेमा प्रष्ट पारे । पार्टीलाई मानार्थ, बोधार्थ होइन कार्यार्थ बनाउन पर्ने बताउदै उनले दुबै पक्षबाट संख्या घटाई कुल ७०१ जना केन्द्रीय समिति बनाइने कुरा बताए । सबैलाई जिम्मेवारी दिनको लागि एक ब्यक्ति एक पदको नीति लागु भएको पनि बताए ।

नेता श्रेष्ठ पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत संघीय समाजवाद बारेमा समेत करिब २ घण्टा प्रशिक्षण दिएका थिए र करिब दुई दर्जन भन्दा बढि प्रश्नहरुको उत्तर एकएक गरि दिएका थिए ।

जसपा प्रवास विशेष प्रदेश समितिको अध्यक्ष धन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीको प्रवास इन्चार्ज आङकाजी शेर्पा, सहइन्चार्जहरु, प्रवासमा रहेका केन्द्रीय समिति सदस्यहरु, संघीय परिषद सदस्यहरु, प्रवास विशेष प्रदेश समितिका पदाधिकारीहरु र विश्वभर २० मुलुकमा निर्माण भएका पार्टीको प्रवास अंग नेपाली समाजका अध्यक्ष तथा प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । प्रशिक्षण कार्यक्रमलाई प्रदेश समिति मुख्य–सचिव विश्वास दीप तिगेला र सचिव मनिष यादवले संचालन गरेका थिए ।