गोर्खाको नागरिकता बारे डा. भट्टराई यसो भन्नुहुन्छ: नेपाल आर्थिक संकटतिर जादैछ – डा. भट्टराई (के के बोले भिडियो सहित)

२८ अगष्ट २०२० का दिन एक अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाल आर्थिक संकटतिर जादैछौ भन्नु भयो ।

नेपाली समाज युकेद्धारा आयोजित भर्चुवल अन्तरक्रिया कार्यक्रममा सरकारको ब्यवस्थापन कमजोरीको कारण आर्थिक संकट आउने कुरा डा. भट्टराईले बताएका हुन । गोर्खा तथा गैर आवासिय नेपालीहरुको नागरिकता विषयक अन्तरक्रिया कार्यक्रममा वहाले राजनीति नदिको मुहान जस्तो हो । मुहान नै धमिलो भएपछि अरुकुरा सफा हुन नसक्ने बताउनु भयो । त्यस्तैगरि विश्वमा बहूराष्ट्रिय नागरिकता दिने चलन रहेकोले गोर्खा र एनआरएनलाई दोहोरो नागरिकता दिन वान्छानिय हुने बताउनु भयो ।

अन्तरक्रियामा एनआरएन आईसिसि उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, जसपा प्रवास इन्चार्ज आङकाजी शेर्पा, उपमेयर लक्ष्य गुरुङ, रिटायर्ड कर्नेल याम राना, गोर्खा वेलफेर सोसाइटीको अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान, भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) का केन्द्रीय उपाध्यक्ष धर्म बहादुर तामाङ, गोर्खा नागरिकता अभियान युकेका संयोजक थर्क राना, एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङ लगायतले संक्षिप्त मन्तब्य राखेका थिए भने सहभागीहरुको डेढ दर्जन प्रश्नहरु लिएपछि डा. भट्टराईले एकएक गरि उत्तर दिएका थिए ।

नेपाली समाज युकेको दुई अध्यक्ष बालकृष्ण राई र चन्द्र बहादुर गुरुङद्धयको अध्यक्षतामा भएको अन्तरक्रिया समारोहलाई जसपा प्रवास विशेष प्रदेश समितिका मुख्य–सचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए ।