धनकुटाका ७६ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नमूना संकलन गरी कोरोना जाँचका लागि पठाईयो

धनकुटा  । धनकुटाका ७६ जनाको नमुना संकलन गरि कोरोना जाँचका लागि धरान पठाइृएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

साँगुरीगढीका २४ पाख्रीवास नगरपालिकाका ४ र शहिदभूमी गाउँपालिकाका ४८ जनाको कन्ट्याक्ट् ट्रेसिङ नमुना संकलन गरि धरान विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

उनिहरुको नतिजा पर्सी सम्ममा आउने सम्भावना रहेको उहाँको भनाई छ । आज सम्मको जम्मा परिक्षण गरिएको १ हजार ४ सय २ जना रहेको मध्ये १८ जनाको पोजेटिभ र १ हजार २ सय ५० जनाको नतिजा नेगेटिभ आएको छ ।

१ सय ३४ जनाको रिपोर्ट आउन बाकी रहेको र सकृय संक्रमित १ जनाको विराटनगर कोभिड अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । आज चौविसे गाउँपालिकाको ३१ जनाको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ ।