राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ- झण्डा जलाएको भिडियो यस्तो छ

काठमाडौँ – नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् । दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म रहेका छन् ।

युट्युवमा अपलोड भएसँगै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ ।