१ सय २ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । मंगलबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको आज साँझ ५ बजेर ५५ मिनेटमा अचानक निधन भएको जनाइएको छ ।

वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको १ सय २ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।