राष्ट्र (Nation) भनेको के हो, आदाङबे? – विक्रम सुब्बा

फुरानो फ्रेन्च भाषामा nacion (अर्थः जन्म) लाई नै naissance (उत्पती स्थल) भनेर विकास गरियो । यही nacion शब्द लेटीन भाषामा natio (अर्थः जन्म) हो । कालान्तरमा (nacio, natio बाट) अंग्रजी भाषामा Nation शब्द विकास भयो । प्रसिध्द कानुन शब्दकोश ( Black’s Law Dictionary) ले यही Nation को अर्थ – एकै किसिमको भाषा बोल्ने, समान सँस्कृति अबलम्न गर्ने, एकै नश्लीय (DNA) पूर्खाका सन्तानहरूको एक ठूलो समूह वा समुदायहरूको एक आफ्नै समाज व्यवस्थापनको प्रणालीमा चलिरहेको साँस्कृतिक ईकाई नै Nation (राष्ट्र) हो । यस्तो राष्ट्रलाई अहिलेको जस्तो “सरकार”ले होइन धर्म गुरुहरूले, धार्मिक सँस्थाहरूले सन्चालन गर्थे । त्यसैले प्राचीन कालको Nations (राष्ट्रहरू)लाई प्रथाजन्य-नियम-कानुन (वेद, मुन्धुम, आवेस्ता, ताओ-ते चिङ(दाओवाद), कन्फ्यूसीयसवाद, आदिमा उल्लेखित)द्वारा सन्चालन गरिन्थे ।

3000BC तिर जब एउटा साँस्कृतिक राष्ट्रले अर्को साँस्कृतिक राष्ट्रका बस्ती र शहरहरू कब्जा गर्न थाले तब लडाकु दस्ताहरू विकास गरेर आफ्नो साँस्कृतिक राष्ट्रको रक्षा गर्नु पर्ने खण्ड आइलाग्यो । यसरी जसले अर्को राष्ट्रको आक्रमणहरूबाट सुरक्षा दिन सक्नेगरी नेतृत्व गर्छ उसैको महत्व बढ्यो र उसैको खटनमा सबै चल्न थालेपछि राजा (King) र राज्य(Kingdom) स्थापित हुँदै गए, जसले विस्तारै धार्मिक गुरु (तथा धार्मिक सँस्था) र राजा (तथा राज्य) का वीच पावरको होडबाजी चल्यो ।

परिणाम स्वरुप साँस्कृतिक नेतृत्व देिने (धार्मिक गुरु र सँस्थाहरु, जस्तैः पादरी र चर्चहरु को पावर घट्दै गयो ।) कमजोर हुँदै हुँदै गए भने अर्को राष्ट्रको आक्रमणबाट सुरक्षा दिने राजाहरु महत्वपूर्ण मानिए र उनको जयजयकार गर्न थालियो – उनैलाई कर तिर्नु पर्ने भयो र सामन्ती शासन सुरु भयो । राजा महासामन्त भए भने राजाको स्थानीय शासकहरू गाउँगाउँका सामन्त शासक भए । सामन्त शासकले कर उठाउँथे तर समान्तले गाउँको ईज्जत-ईमान-स्वाभिमान सबैको रक्षा गर्ने जिम्मा पनि लिएका हुन्थे । यसरी तेतिखेरको युगमा धर्मगुरुहरूको भन्दा सामन्ती शासन (सुरक्षा गर्ने गार्जेनशीप लिईदिने) प्रगतीशील भयो किनभने धार्मिक गुरुहरूले सुरक्षाको सट्टा सबै कुरामा भगवानको भरोसा गर्नु मात्र भन्थे, भाला-तरवार-तीर र बन्दुक उठाएर भौतिक रुपमै सुरक्षाको बन्दोबस्त गर्दैनथे । यसरी (अर्को राष्ट्रको आक्रमणबाट राष्ट्रको) सुरक्षाको नयाँ अवधारणाले राजा-राज्य र ‘राष्ट्रवाद’को जन्म भयो । यही राज्य र राष्ट्रवादको निम्ती नै राजाका अन्तरगत तात्कालिन सहायकहरू(मन्त्रीहरू) राखेर प्रशासन संयन्त्र अझ विकसित भयो । जव कि पहिले चर्चहरूको शासन हुँदा पादरी र उनको सहायक Tax collector र केही सहयोगि मात्र हुन्थे । Tax collector हरू बडो खुँखार किसिमले जसरी पनि Tax तिराउँथे जसले गर्दा अहिले पनि Tax collector भन्ने शब्द नै खुँखार निरंकुशताको पर्यायवाची बनेर साँस्कृतिक अर्थ दिईरहेछ ।

जब सरकार र प्रशासनको जग बस्यो तब विस्तारै न्याय सम्पदान गर्न कानुनहरू लेखिए र तिनका बारेमा प्रशिक्षण दिन कानुनी शिक्षा सुरु भयो भने आयव्ययको हिसाब राख्न गणितको शिक्षा सुरु भयो, दिनबारमहिना र मौसमहरूको बारेमा थप अध्ययन र पात्रोहरुलाई अझ विकसित (Advanced level) गर्दै लैजान खगोल र ज्योतिष शास्त्रको शिक्षा तथा औषधोपचारका निम्ती जडिबुटी र खाद्यान्न उत्पादनको निम्ती कृषि र कुलो-नहर-बाटो खानेपानी (कुवा-धाराहरूको) निर्माण तथा घर-भवनहरूको निर्माण आदिआदि अनेक शिक्षाका शाखाहरू विकसित भए र सरकारले आन्तरिक-घरेलु कार्य (Domestic responsibilities) र विदेशीसँग युध्द तथा कुटनैतिक संबन्ध (Foreign relations) पनि विकसित भयो । यसरी उचित घरेलु नीति र वैदेशिक नीति सन्चालन गरेर जनता र देशको सुरक्षा गर्ने जिम्मा जनताले (भोटद्वारा छानेका प्रतिनिधीहरूद्वारा निर्मित) सरकारलाई दिए । यसरी सरकार बनाएर राज्यको नयाँ नयाँ परिभाषा समेत अझ विकास गर्दै अहिलेको अवस्थामा आईपुगेको देखिन्छ । सरकारले आर्थिक विकास गर्ने नीति पनि अबलम्बन गर्नु पर्छ जुन २ किसिमका हुन्छन् १) पुँजिवादी अर्थ नीति; र, २) समाजवादी अर्थ नीति । पुँजिवादी अर्थ नितिले धनाढ्यहरूको पक्ष लिएर हरेक सेवासुबिधा पैसाले किन्नु पर्ने कुरा गर्छ भने समाजवादी अर्थ नीतिले राज्यले (जनताबाट कर लिएपछि) जनताको छ किसिमका आवश्यकता पुरा गरिदिने ग्यारेण्टी गर्नु पर्छ, ती हुनः गाँस बास कपास शिक्षा स्वस्थ्य र रोजगारी’ भन्छ ।

नोटः नेपाल सरकारले उल्लेखित जनताका ६ किसिमका आवश्यकताहरू पुरा गरिदिएको छ? या त्यसतर्फ काम गर्न थालेको छ? छैन । किनभने यो सरकार सर्वसाधारण जनता (मजदुर-किसान-श्रमिकहरू)को पक्षको सरकार होइन ।

विचार चोके ।

– विक्रम सुब्बाको फेसबुक वालबाट