तीन करोडको लागतमा बन्ने भयो दीपकराज र दीपाश्रीको चलचित्र ‘छक्का पञ्जा ४’

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ ल्याउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा’ का तीनवटै सिरिज दर्शकले निकै रुचाएका थिए ।

चलचित्र ‘छक्का पञ्जा ४’ यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो तर कोरोनाभाइरसका कारण यसको छायांकन समेत हुन सकेन । अब भने चलचित्र ‘छक्का पञ्जा ४’ पहिलेको भन्दा फरक कथामा बन्ने बताइएको छ ।

यस चलचित्रको छायांकनका लागि एक वर्ष लाग्ने दीपकराज गिरीले बताएका छन् । यस चलचित्र निर्माणको लागि तीन करोड खर्च हुने अनुमान लगाइएको दीपकराजले बताए । स्थिति सामान्य भएपछि चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ ।