कोरोना बढेपछि उपत्यकाका सबै नाका आजदेखि बेलुका बन्द

काठमाडौं । साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यकाका सबै नाका बन्द हुने भएको छ । दिउँसोको समयमा भित्रने सबैको अब कोरोना परीक्षण हुने भएको छ ।

उपत्यका बाहिरबाट आएका ४५ जनामा संक्रमण देखिएपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । अत्यावश्यक सेवा तथा ढुवानीका सवारी साधन भने बेलुका पनि सञ्चालन हुनेछन् । केही दिनयता उपत्यकामा ठूलो संख्यामा संक्रमण देखिएको छ ।