थप ३६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ । शनिबार दिउँसो पुनः ३६ मा कोरोना भा,इरस सं,क्रमणको पुष्टि भएको छ । शनिबार विहान मात्र ३२ जना नयाँ सं,क्रमित भेटिएको अवस्थामा दिउँसो पुनः३६ संक्रमित थपिएका छन् ।

स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा सं,क्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका सं,क्रमितहरुमा बैतडी शिवनाथ गाउँपालिकाका २० बर्षका दुई जना, २२ र २७ बर्षका १÷१ जना गरी चार जना रहेको जानकारी दिनुभयो ।

यस्तै बाँकेका नरैनापुरका २७ जना पुरुष छन् झापाको झापा गाउँपालिकाका १ जना , र सुर्खेतमा ३ जना रहेका छन् ।

बाँकेका सं,क्रमित सबै पुरुष हुन भने उनीहरुको उमेर १५ देखि ५० बर्षसम्म रहेको छ भने झापाका पुरुष ३३ बर्षीय हन् ।

यस्तै सुर्खेतमा भेटिएका एक महिला र दुई सं,क्रमित पुरुषको बारेमा भने विवरण खुल्न बाँकी रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।