अवैध लागूऔषध गाँजा बरामद

सर्लाही, २४ वैशाख, ईश्वरपुर नगरपालिका-१२ घारीबथानस्थित खोला छेउबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट गस्तीमा खटिएको प्रहरीले प्लाष्टिकले बेरिएको बेबारिसे अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • दैनिक समाचार बुलेटिन