नेपाल आइडलमा रचनालाई सर्वाधिक भोट,टप ८ मा प्रबेश

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन् । आयोजकले भोट संख्या भने खुलाएको छैन ।

गत दुई हप्ता पनि रचनाले नै सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन् ।

उनलाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लइिएको छ । झापाकी रचनाका केही गीत पनि सार्वजनिक भइसकेका छन् । नेपाल आइडलमा अब ८ जना प्रतिस्पर्धी बाँकी छन् ।

यो हप्ता पोखराकी ममता गुरुङ बाहिरिएकी छिन् ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।