राजेश पायल राई र बैशाली लामाको ‘भिजिट नेपाल २०२०’ गीत सार्बजनिक(भिडियो सहित)

 

काठमाडौं, ९ पुष । सरकारले नेपाल पर्यटन वर्ष २०२०को भव्य तयारी गरिरहेको बेला चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट २०२०को गीत सार्वजनिक भएको छ ।

गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा नेपालका किन भ्रमण गर्ने भन्ने कुराको वर्णन तथा नेपालकाे विशेषताहरू रहेकाे छ । गीत मुख्यत: अंग्रेजी भाषामा रहेको छ ।

गीतको शब्दलाई स्वप्निल बरालले लेखेका छन् भने संगित र एरेन्ज बादल लिम्बुले गरेका छन् । गीतमा संस्कृति, पर्यटन तथा उडड्नमन्त्री योगेश भट्टराईलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ ।

गायक राईले लेखेका छन्,‘आफ्नो देश नेपाललाई विश्व सामु चिनाउने, अनि आम विदेशी पर्यटकहरुको स्वागत गर्ने मौका दिनु भएकोमा सम्माननिय नागरिक उड्ययन एवं पर्यटन मन्त्री श्री योगेस भट्टराइ ज्यु प्रती आभार ब्यक्त गर्न चाहान्छु ।’

गीत सार्वजनिक भएसँगै गायक राईले बैशाली लामालाई दिएको प्रतिबद्धता समेत पुरा गरेका छन् । भ्वाइस अफ नेपालमा नकाउट चरणबाट बारिरिएलगत्तै लामासँग एउटा गीत गाउने घोषणा गरेकाे राईले सो प्रतिबद्धता पुरा गरेका हुन् ।