गीतकार शुक गुरुङको निधन

काठमाडौं – गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार नि’धन भएको छ। मधुमेह र मृ’गौला रोगबाट पी’डित ५४ वर्षीय लामाको उपचारका क्रममा नि’धन भएको हो । गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो।

गुरुङको मृ’त्युप्रति यतिबेला समाजिक सञ्जालमा नेपाली संगीत प्रेमीहरूले भावपूर्ण श्रद्धा’न्जली व्यक्त गरिरहेका छन्। सर्जक गुरुङको नि’धन प्रति गायक अमृत गुरुङले ट्वि’ट गर्दै दुःख व्यक्त गरेका छन्। अमृतले ट्वि’टर मार्फत् गत अगस्ट २६ गते शुक गुरुङसँग भएको भेट नै अन्तिम भेट भएको उल्लेख गर्दै नेपथ्यको प्रारम्भ कालमा शुकले ‘छेक्यो छेक्यो’ गीत नेपथ्यलाई दिएर पुर्‍याएको गुन सम्झिएका छन्।

संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए। चर्चित गीतहरु ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’ अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगा यतका उनका दर्जनौँ गीतहरु चर्चित छन् ।