चर्चित कलाकार दिपक क्षेत्रीको निधन

काठमाडौं । चर्चित कलाकार दिपक क्षेत्रीको असामयिक निधन भएको छ । लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक निधन भएको हो ।

निधन भएका कलाकार क्षेत्रीको सव टिचिङ हस्पिटलमा राखिएको छ । श्रीमती मलेसियामा रहेकाले उनी आइतबार नेपाल आएपछी मात्र कलाकार क्षेत्रीको अन्तिम संस्कार गरिने कलाकार दिपक राज गिरीले जानकारी दिनुभयो ।