मिस वर्ल्ड २०१९ को ताज जमाइकाकी टोनी एन सिंलेलाई

एजेन्सी । जमाइकाकी टोनी एन सिंले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी सुन्दरी भइन् भने तेस्रोमा भारतकी सुन्दरी भइन्।

यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।