शम्भु राई र मेलिना राईको आवाजमा “ओ साइंला” सार्बजनिक

 

धनकुटा । चर्चित बरिष्ठ गायक शम्भु राई र युवाहरुको ढुकढुकी गायिका मेलिना राईको आवाजमा पूर्बेली लोकलयलाई समाउंदै ‘ओ साइंला” सार्बजनिक भएको छ ।

ईश्वर चाम्लिंग राईको शब्द संकलन रहेको गीतको लय संकलन भने गायक स्वयं राई कै रहेको छ । श्याम लामाको श्रृंगार,सागर गौतमको छायांकन,नर्बु शेर्पाको एरेन्ज,दिपेश प्रधानको मिक्सिंग,श्याम लिम्बुको रिकार्डिंग र सुर्य लामाले सम्पादन गरेको गीतलाई अभि लामाले निर्देशन गरेका छन् ।

श्रद्दा रिकार्डिंग स्टुडियोमा रिकार्ड गरिएको गीतलाई शम्भु राईकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो ।

गीतमा अनिता गोले र योगेन्द्र राईको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो :