पाख्रिबासमा सहकारी लेखापालन सम्वन्धि ६ दिने तालिम शूरु

धनकुटा, मंशिर २ । धनकुटाको पाख्रीबास नगरपालिकामा आजवाट आधारभुत सहकारी लेखापालन सम्वन्धि ६ दिने तालिम शूरुभएको छ । जिल्ला सहकारी संघ धनकुटाको संयोजनमा सञ्चालित तालिमको उदघाट्न पाख्रीवास नगरपालिका प्रमुख बृष बहादुर राईले गर्नु भएको हो ।

सहकारीको लेखा व्यवस्थापन सम्वन्धि जानकारी दिने लक्षका साथ सञ्चालित तालिममा धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका २६ वटा सहकारी संस्थाका सहकारी अगुवाहरुले भाग लिई रहेका छन् ।

कार्यक्रममा पाख्रीवास ४ का वडाध्यक्ष शोवित निरौला सहित अन्य अतिथिहरुले शूभकामना मन्तब्य राखेका थिए । तालिमको सहजीकरण सहकारी प्रशिक्षालय प्रदेश १ का प्रशिक्षक नरेन्द्र पोख्रेल,एकनाथ दाहाल,रमेश ढकाल र संघका अध्यक्ष सुन्दरवावु श्रेष्ठले गरिरहेको जिल्ला सहकारी संघ धनकुटाले जनाएको छ ।