हिलेबजारको सडक फराकिलो बनाईने, घरधनी स्वयमले आ-आफ्नो घर भ’त्काउनु पर्ने

धनकुटा  । धनकुटाको पर्यटकिय स्थल एवम् व्यापारिक केन्द्र हिलेबजारको सडक फराकिलो वनाईने भएको छ ।

केन्द्रिय ढल निकास तथा सरसफाई खानेपानी विभागले यो सडकको वीच भाग देखी दाँयाँ वाँयाँ ७,७ मिटर फराकिलो वनाउने र ढल निकासका लागि ९ करोड ८५ लाखको ठेक्का लगाएसँगै सडक चौडा गर्ने र ढल व्यवस्थापनको काम चाडै शूरु हुने आज आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिईएको छ ।

जसअनुसार सडक चौडा,पीच तथा स्तरोन्नतीको काम हुने जनाईएको छ । यसका लागि सम्पूर्ण हिले वजारका वासिन्दा समेत एकजुट भएकाछन् ।

धनकुटा नगरपालिका १ नं वडाकार्यलय हिलेको आयोजनामा भएको बृहत छलफल तथा अन्तरक्रियामा सहभागी स्थानिय वासिन्दा, व्यपारी, वडा नागरीक मञ्च विभिन्न राजनीतिकदलका प्रमुख एवम् प्रतिनीधि, समाजसेवि तथा वुद्धिजीवि हरु संग भएको छलफलबाट सडक फराकिलो बनाउने निर्णय भएको छ भने धनकुटा नगरपालीकाको कुवापानी स्थित रण बहादुर तामाङको घरछेउवाट हिले सिरान नेपाल टेलिकमको शाखा कार्यलय सम्म साडे सात सात मिटर सडक चौडा तथा पिच गर्ने, यसका लागि पक्कि घर हुने हरुले ३ महिना र कच्चि घर भएकाले २ महिनाको अवधिमा घरधनी स्वयमलाई आ-आफ्नो घर भत्काउन जिम्मा दिने निर्णय भएको छ ।

त्यस्तै बाटो विस्तारको समयमा बैकल्पिक बाटोको प्रयोग गर्न नदिने , बजार बासिले उपलब्ध गराएको जग्गाको दाँयाँ बाँयाँ सडकको फूलबारी सहितको फूटपार्क निमार्ण ,पहाडी बजारमा १५ मिटरको सडक कायम गर्न संघिय सरकारसंग पहल गर्ने , हिले बजारको पुछर र सिरान गरी दुइ ठाउँमा सार्वजनिक शौचालय समेत निमार्ण गर्ने निर्णय भएको छ ।

छलफलमा प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तमाङले सडक सुन्दर,सफा ट्राफिक जाम नहुने गरिनिमार्ण गरिने बताउनु भयो । उहाले सडक विस्तरको क्रममा कसैलाई समस्या परे आवश्यक सहयोग गर्नको लागि नगरपालिका तयार रहेको पनि वताउनुभयो । उहाँले धनकुटानगरको विकास र समृद्धिको लागि बृहत योजना तथा कार्यक्रहरु अगाडि बढिरहेको समेत जानकारी गराउनुभयो ।

१ नं वडाध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको छलफलमा जिल्ला समन्वय समितिका सदस्य ओङ्दा थिङले यो सडक चौडा गरिएपछि उत्कृष्ट सडक वन्ने वताउनुभयो भने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले हिले वजार पूर्वी पहाडी भेगको मुख्य व्यापारिक केन्द्र भएकाले यहाँको वाटो विस्तार गर्न आवश्यक रहेको वताउनुभयो ।