समाचार

जसपाको दुई दिने केन्द्रीय राजनीतिक समितिको बैठक आजबाट

काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई दिने केन्द्रीय राजनीतिक समितिको बैठक आजबाट सुरु हुँदैछ । बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेको लागि बोलाइएको छ ।

बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुनेछ । त्यसैगरी पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा र आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने छ ।

पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा जसपाले गत भदौमा सञ्चालन गरेको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा भएका साङ्गठनिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत गरिनेछ ।

त्यस्तै बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत छलफल हुने जनाईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button