उत्कृष्ट श्रीमती बन्न र परिवारलाई सधै खुसी राख्न ध्यान दिनै पर्ने कुराहरु

एजेन्सी । आपसी सहयोगको भावना भए वैवाहिक जीवनमा मिठास भरिन्छ। जसरी श्रीमतीले श्रीमान्सँग केही कुराको आशा गरेकी हुन्छिन्, त्यसैगरी श्रीमान्ले पनि श्रीमतीसँग केही कुराको अपेक्षा गरेका हुन्छन्। त्यसैले श्रीमान्को हरेक आशा र चाहना पूरा गरी आफू त्यही सुपर वाइफ हो, जसको खोजी श्रीमान्लाई थियो भन्ने कुरा प्रमाणित गर्न सकिन्छ।

प्रेम : सम्बन्धमा मधुरता कायम रहोस् भनेर आपसी प्रेममा कमी आउन दिनु हुँदैन। आपसी प्रेमलाई बढाउँदै लानुपर्छ। आपसी प्रेमले खुसी तथा सुखी परिवारको निर्माणमा सहयोग गर्छ।

साथी : साथी त्यस्तो सम्बन्ध हो जसले सधै साथ दिन्छ। श्रीमान्-श्रीमतीले एक-अर्कासँग साथीको व्यवहारका साथै प्रेम पनि गर्नुपर्छ।

सम्मान : दाम्पत्य जीवनमा एक–अर्काको सम्मान अत्यावश्यक हुन्छ। यदि तपाईं आफू सम्मान खोज्नुहुन्छ भने सम्मान दिन पनि जान्नुपर्छ। सम्मान त्यस्तो कुरा हो जसले आपसी प्रेमलाई बढाउँछ।

तालमेल : सुपर वाइफ तिनलाई भनिन्छ, जसले आफ्नो परिवारमा तालमेल मिलाउन सक्छिन्। माइती र घरमा कुनै भेदभाव राख्नु हुँदैन । सबै नाता–सम्बन्ध समान रूपमा सम्माननीय हुन्छन्।

विश्वास : दह्रो विश्वासले सम्बन्धलाई बलियो बनाउँछ। विश्वास सम्बन्धको जग हो जुन टुट्दा मन मात्र नभएर घरपरिवार नै उजाडिन सक्छ। त्यसैले एक अर्कामा विश्वास कायम राख्नुपर्छ।

कुराकानी : कुराकानीबाट हरेक समस्याको हल निस्कन्छ। त्यसैले कुराकानी गर्न छोड्नु हुँदैन। जति नै व्यस्त भए पनि कुराकानीको क्रमलाई टुंग्याउनु हुँदैन।

ख्यालठट्टा : ख्यालठट्टाले सबैलाई रमाइलो प्रदान गर्छ। त्यसैले हाँसो–ठट्टा गरिरहनुपर्छ। हँसिलो व्यक्तिले हरेकको मन जित्न सक्छ।

मिलनसार : मिलनसार व्यक्ति चुम्बकजस्तै हुन्छ, त्यसैले हरेक व्यक्ति यस्ता स्वभाव भएका व्यक्तिप्रति आकर्षित हुन्छन्। यो त्यस्तो गुण हो, जसमा थुप्रै गुण समाहित हुन्छन्। त्यसैले यो गुण आफूमा यथावत् राख्नुहोस्।

ज्ञान : सुपर वाइफमा ज्ञानको भण्डार आवश्यक छ। आफ्नो ज्ञानको भण्डारलाई बलियो बनाउन समय-समयमा नयाँ-नयाँ जानकारी हासिल गर्नुपर्छ। जसले हरेक प्रकारको बहसमा सहभागी हुन सकियोस्।

बचत : धन–सम्पत्तिको बचत महिलाले जति राम्रोसँग गर्न सक्छन्, त्यति अरूले गर्न सक्दैनन्। त्यसैले बचत गर्ने बानी बसाल्नु अति आवश्यक छ। बचत गर्ने बानी जीवनको महत्वपूर्ण भाग हो। बचत गर्ने बानीले आर्थिक मन्दीमा पनि मानसिक शान्ति प्रदान गर्छ।

आशावादी : सधै आशावादी सोच राख्नुपर्छ। आफंै निराशामा डुबियो भने घरका अन्य सदस्य पनि कमजोर हुन्छन्। त्यसैले सधै सकारात्मक दृष्टिकोण अपनाउनुपर्छ।

स्मार्ट बन्नुहोस् : आफ्नो व्यक्तित्वलाई श्रीमान्का साथै बाहिरी मानिसले पनि प्रशंसा गर्ने गरी आकर्षक बनाउनुपर्छ। यसका लागि आफूलाई प्रेजेन्टेबल बनाउनुपर्छ र त्यस्तो परिधान छनोट गर्नुपर्छ जसले आफूसँगै आफ्नो व्यक्तित्वलाई पनि अझ सुन्दर बनाउन सहयोग गरोस्।

समर्पण : आपसी मेलमिलापका लागि सम्बन्धमा समर्पणको भावना आवश्यक छ। कुनै ठूलो खुसीका लागि स–साना खुसी त्याग्नुपरे पनि मनमा दु:ख नराखी त्याग्न सक्नुपर्छ।

क्षमा : सुपर वाइफ त्यही नै हो, जसले स-साना कुराहरूलाई माफ गर्न सक्छन्। यदि श्रीमान्बाट कुनै गल्ती भए वा कुनै कुरामा झगडा परे समझदारी देखाउँदै उनलाई मार्गदर्शन गर्नुपर्छ। यसका साथै उनको गल्तीमा क्षमा दिने प्रयास गर्नुपर्छ।

अहं : दाम्पत्य जीवनमा अहंले ठाउँ लिन थालेपछि सम्बन्ध कमजोर हुन्छ। दाम्पत्य जीवनको मूल आधार प्रेम भएकाले प्रेममा अहं हुनु खतरनाक मानिन्छ। त्यसैले श्रीमान्–श्रीमती दुवैले आफ्नो प्रेमको बीचमा अहंलाई आउन दिनु हुँदैन।

समय : सुपर वाइफ बन्न समयअनुसार चल्नु आवश्यक छ। त्यसैले समयको महत्वलाई बुझेर अनावश्यक कुरामा आफ्नो समय खेर फाल्नु हुँदैन।

अपेक्षाहरू : दाम्पत्य सम्बन्ध सुमधुर बनाउन एक-अर्कासँग कम अपेक्षा राख्नुपर्छ। ठूला अपेक्षाहरू पूरा नहुन सक्छन् र सम्बन्धमा चिरा देखा पर्न थाल्छ, जसलाई पूरा गर्न कठिन हुन सक्छ।

समझदारी : परिवार चलाउन समझदारी आवश्यक छ। श्रीमान्-श्रीमतीबीच कुनै कारणले उत्पन्न भएको तनावले दाम्पत्य जीवनमा चिरा पर्न सक्छ। यस्तो नहोस् भनेर स-साना कुरामा चिन्ता लिनु हुँदैन।

टाढापन : जति आफ्नो जीवनसाथीसँग नजिक रहनु आवश्यक छ, त्यति नै दूरी पनि कायम राख्नुपर्छ। श्रीमान्लाई स्वतन्त्र छाडिदिनु नै एउटी समझदार श्रीमतीको कर्तव्य हो। यसो गर्दा आपसी प्रेम अझ बढ्छ।

नराम्रो कुरा : श्रीमान्-श्रीमतीले एक-अर्काको नराम्रो कुरा कहिल्यै खोज्ने अथवा भन्ने काम गर्नु हुँदैन।

उपहार : भनिन्छ– सानो उपहारले पनि मनको सारा कुरा खोलिदिन्छ। त्यसैले उपहारको क्रमलाई निरन्तरता दिनुपर्छ । जन्मदिन अथवा म्यारिज एनिवर्सरीबाहेक अन्य समयमा पनि श्रीमान्लाई स–साना उपहार दिनुपर्छ।

सेक्स : दाम्पत्य जीवनमा सेक्सले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। त्यसैले यो भूमिकालाई निरन्तरता दिनुपर्छ। सेक्स नै त्यो शक्ति हो, जसले जीवनमा आनन्द र खुसी त ल्याउँछ नै साथै सम्बन्धलाई पनि बलियो बनाउँछ।