समाचार

मुख्यमन्त्री पदका लागि दाबी पेश

विराटनगर, २५ असोज : कोशी प्रदेशका मुख्यमन्त्रीका लागि दुई प्रदेशसभा सदस्यले हस्ताक्षरसहित आज दाबी पेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले आ–आफ्नै दाबीसहित मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको कोशी प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आङ्बो र कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न शुक्रबारसम्मको समय दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button