युके विशेष

दर्शै तथा इन्डिजिनियस (आदिवासी/मुलवासी) विषयक अन्तरक्रिया १४ अक्टोबरमा हुदै

आसफोर्ड,
हिन्दु नेपालीहरुको महान चाड दर्शै भित्रनै लाग्दा युकेको आसफोर्डमा एक अन्तरक्रिया हुने भएको छ ।

आउदो १४ अक्टोबर २०२३, शनिवार दिउसो २ः३० बजे आसफोर्ड टाउन स्थित सगरमाथा नेपलिज गोर्खा कमिटीको कार्यालयमा अन्तरक्रिया आयोजना हुने जनाईएको छ ।

दशैंले गैरहिन्दुहरुलाई रिणमा डुबाउने र औपनिवेशिक मनोविज्ञान स्थापित गर्दै आएको कारण धार्मिक सहिष्णुतालाई ध्यानका राख्दै आपसमा छलफल गरिने भएको छ । जर्बरजस्त लादिएको दशैलाई मान्न इन्कार गर्ने धनकुटाका राम्लिहाँङ र रिदामालाई झुण्डाई मारिएको इतिहासलाई समेत सम्झने बताईएको छ ।

सांस्कृतिक औपनिवेशबाट कसरी छुटकारा लिने सम्बन्धमा बृहत छलफल गरि एक तत्कालिन र दीर्घकालिन योजना सहित एक घोषणापत्र जारी गरिने आस गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button