न्यूयोर्कको टाइम स्क्वायरमा पर्यटकहरुको भिडमा कारद्वारा आक्रमणः एकको मृत्यु, २२ घाइते

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहर स्थित टाइम स्क्वायरमा बुधबार अपरान्ह एक चालकले पर्यटकहरुको भिडमा कार कुदाउँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृत्यु हुनेमा महिला भएको न्युयोर्क प्रहरिले जनाएको छ।

न्यूयोर्क शहरको फायर डिपार्टमेन्टका अनुसार २६ बर्षिय कार चालकले पर्यटकहरु हिडिरहेको पेटिमा कार चडाएर यो दुर्घटना गराएको थियो। कार चालक अमेरिकन नागरिक भएको र अमेरिकी नौसेना भेट्रान भएको प्रहरिले जनाएको छ। कार चालकलाई प्रहरिले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ।

यो आक्रमणलाई लन्डन, बर्लिन, फ्रान्स, इजरायल र स्वेडेनमा गरिएको कार हमला संग जोडेर हेरिएको छ। यसै बिच न्यूयोर्कका मेयर बिल दे ब्लासियोले यो आतंककारी हमलासंग सम्बन्धित नभएको बताएका छन्। दुर्घटनामा पर्नु भन्दा अघि करिब ३ ब्लग सम्म बटुवा हिड्ने पेटिमा उक्त गाडि कुदेको प्रत्यदर्शीले बताएका छन्।

पर्यटक क्षेत्रमा भएको यस घटनालाइ एफबिआइले छानबिन गरिरहेको छ। अमेरिकी सुरक्षा अधिकारिहरुले यो घटना आतंकबादसंग सम्बन्धित नभएको बताएका छन्।

न्यूयोर्क प्रहरी बिभागका अनुसार कार चालक ब्रोङ्कस् निबासि रिचर्ड रोजास भएको संकेत गरेको छ। उ सन् २००८ र २०१५ मा मादक पदार्थ सेवन गरि गाडि चलाएको अभियोगमा पक्राउ परिसकेको बताइएको छ।

प्रारम्भिक परिक्षण रिपोर्टका अनुसार कार चालकले मादक पदार्थ नखाएको तर लागु औषद प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ। कार चालकले अधिक मात्रामा सिन्थेटिक गाँजा के२ सेवन गरेको प्रहरीले अनुमान गरेको छ।

यस दुर्घटनामा परि १८ बर्षे महिलाको ज्यान गएको छ भने मृतककी १३ बर्षे बहिनी सहित २२ जना घाइते भएका छन्। १५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। साथै न्यूयोर्कका अधिकारीहरुले थप घटना हुन नदिन सूरक्षा ब्यबस्था कडा पारिएको बताएका छन्।

यस अघि सन् २०१० मा टाइम स्क्वायरमा एक पाकिस्तानी आप्रवासिले कार बम आक्रमणको असफल प्रयास गरेका थिए।-सेतोपाटी