आदिवासीयुके विशेष

याक्थुङ कुसा चुम्भो युकेको प्रथम सम्मेलन जुनमा हुने

– चन्द्रगोपाल
याक्थुङ कुसा चुम्भो युकेको प्रथम सम्मेलन आउने जुन २९ तारिख शनिबार हुने भएको छ ।

गत नोभेम्बर २३ तारिख लण्डनको फेल्थाममा सम्पन्न भएको किरात याक्थुङ चुम्लुङ युकेको साधारणसभामा चुम्भोको संयोजक लाहाङ चेम्जोङले गरेको प्रस्तावमा सहमति जुटेपछि सम्मेलन हुने भएको हो ।

सम्मेलन सम्पन्न गर्न १३ सदस्यीय एक आयोजक समितिको घोषणा गरिएको छ । उक्त समितिमा संयोजक लाहाङ चेम्जोङ, सह-संयोजक टिका मादेन, सचिव मिहाङ थेबे ‘अमित’, कोषाध्यक्ष शुभ नेम्बाङ र सदस्यहरु शिखर सम्बाहाङ्फे, हाङमा लावती, सिक्कुम चोङवाङ, तेज मावो, सुरेन्द्र थेबे, डा. दिपेन चोङबाङ, जीवन सेर्मा, अच्बिन सवेनहिम लिम्बु, मुकुमहाङ कुरुम्बाङ रहेका छन् ।

संयोजक चेम्जोङले गरेको प्रस्तावपछि सम्मेलन सम्पन्न गर्न ५ बुंदे कार्यविधि पनि पास गरिएको छ । उहाँका अनुसार सम्मेलनले चुम्भोको लागि नियमावली पनि पास गरेर मातृसंस्था कियाचुको केन्द्रलाई अनुमोदनको लागि पठाउने छ । अनुमोदन भएर नियमावली आएपछि याक्थुङ कुसा चुम्भो विधिगत अघि बढ्नेछ ।

सम्मेलन आयोजक समितिका सचिव मिहाङ थेबेका अनुसार युकेवासी याक्थुङ लिम्बु युवाहरुलाई संगठित गर्न धेरै पहिलेदेखि कोशिस भएतापनि नभईरहेको बेलामा सम्मेलनको मिति घोषणा गर्दै सम्मेलन आयोजक समितिको घोषणा हुनु खुशीको कुरा हो । यो अति आवस्यक थियो । एक प्रश्नमा सह-संयोजक टीका मादेनले भने मातृसंस्था कियाचुका १८ वटै शाखाका अध्यक्षहरुसंग समन्वय गरी सहयोगमा यो सम्मेलनलाई ऐतिहासिक बनाउने कोशिस गर्नेछौं ।

किरात याक्थुङ चुम्लुङ युकेको भातृसंगठनको रुपमा स्थापित याक्थुङ कुसा चुम्भो याक्थुङ लिम्बु युवाहरुको विशुद्द सामाजिक संस्था हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button