समाचार

नेपाली समाचार डटकमकाे १६ ओैँ वार्षिकाेत्सवमा अन्तरक्रिया

विजयपुर । नेपाली समाचार डट कम १६ ओैँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अन्तरक्रिया सम्पन्न भएको छ । गत मार्च २८ तारिख बिहीबारका दिन धरानमा अन्तरक्रिया भएको हाे ।

‘नयाँ प्रविधिको विकाससँगै समाचार लेखनमा प्रयोग हुने मिति’ शीर्षकमा भएको अन्तरक्रियामा बाेल्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले नयाँ मिडियाले द्रुत गतिमा प्रगति गरेपनि लेखनमा सिर्जनात्मकताकाे सदा आवश्यकता रहने बताए । उनले अनलाइन पाेर्टलहरूमा समाचरकाे सामयिकता राख्न मिति प्रयाेगकाे महत्त्व रहने तर विधिमा बहस हुन सक्ने जनाए ।

नेपाली समाचार डट कमका सम्पादक/प्रकाशक विश्वासदीप तिगेलाकाे अध्यक्षतामा भएको कार्यक्रममा अनलाइन मिडिया एसाेसिएसनका अध्यक्ष स्वर्णिमहाङ फाेम्वाेले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासले समाचार सम्प्रेषणमा समेत बदलाव आएको धारणा व्यक्त राखे । युवा यद्यमी माेहन तिगेलाले माध्यम भाषाले समेत समाचार पढ्नेहरूमा प्रभाव पार्ने बताए । त्यस्तै, युवा राजनीतिकर्मी सागर सरगम चेम्जोङले नेपालमा रहेका पाठक श्राेताहरूकाे भिन्न अवस्था रहेको जनाए । कार्यक्रम अतिथि सम्पादक अमित थेवेले सञ्चालन गरेका थिए ।

सन् २००९ मार्च १४ बाट छापा माध्यमबाट सुरु भएको नेपाली समाचार पछि अनलाइन संस्करणबाट निस्कन थालेको थियोे । सन् २०११ मा नेपाली समाचार प्रेस काउन्सिलमा दर्ता भएको थियोे ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button